विवाहपछि महिलाहरुमा आउँछ यी १० परिवर्तन

बिवाहपश्चात महिलाहरुमा विभिन्न मानसिक, भावनात्मक तथा शारीरिक परिवर्तनहरु देखा पर्ने गर्दछन् ।

चिकित्सकहरुका अनुसार महिलाहरुको शरीर प्रजनन्को लागि बनेको हुन्छ । त्यसकारण महिलाहरु यौनावस्थामा पुगेपछि ओभ्युलेशन अर्थात डिम्बाशयमा डिम्भ बन्न सुरु हुन्छ । सोही उमेरबाट महिलाहरुमा महिनावारी सुरु हुन्छ र उनीहरु गर्भधारण गर्नको लागि तयार हुन्छन् । बिवाहपछि महिलाहरुको प्रजनन् अंगहरु अझ परिपक्व हुन्छन् ।

प्रजनन् विशेषज्ञहरुका अनुसार बिवाहपछि महिलाहरुको श्रीमानसँग शारीरिक सम्बन्ध हुँदा उनीहरुमा गर्भधारण गर्ने मानसिकता बनेको हुन्छ । सो समयमा महिलाहरुको शरीरमा एस्ट्रोजेन जस्ता थुप्रै हर्मोनहरुको मात्रा बढ्ने गर्दछ । यस्ता हर्मोनहरुको सक्रियता बढ्नालेनै बिवाहपछि महिलाहरुमा शारीरिक तथा मानसिक परिवर्तनहरु देखिने गर्दछ । बिवाहपछि महिलाहरुमा निम्न शारीरिक तथा मानसिक परिवर्तनहरु देखिन्छन्ः

१. ओजन बढ्नेबिवाहपछि महिलाहरुमा हर्मोनहरुको परिवर्तन भइरहन्छ । यसकारण भोक बढ्नुका साथै शरीरमा बोसो जम्मा हुन थाल्छ । जसले गर्दा ओजन बढ्छ ।

२. चम्किलो अनुहारबिवाहपछि नियमित शारीरिक सम्पर्क भएमा यसबाट महिलाहरुको शरीरमा एस्ट्रोजिन हर्मोनको उत्पादन बढ्छ । यो हर्मोन महिलाहरुको छाला चम्किलो बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसकारण महिलाहरुको अनुहार/छाला बिवाह पनि चम्किलो देखिन्छ ।

३. कपाल बढ्छएस्ट्रोजिन हर्मोनले अनुहार चम्किलो मात्रै नपारी कपाललाई चाहिने आवश्यक पोषक पनि दिने गर्दछ । जसको लागि बिवाहपछि महिलाहरुको कपालमा आश्चर्यजनक ढंगले बढ्छ ।

४. प्रजनन् अंगमा परिवर्तनबिवाहपछि महिलाहरु यौनसम्पर्कमा सक्रिय हुने हुनाले उनीहरुको यौनांग तथा प्रजनन् अंगहरु गर्भधानका लागि तयार हुन्छन् । जसकारण ती अंगहरुमा परिवर्तन आएको देखिन्छ ।

५. संवेदनशीलतामा परिवर्तनबिवाहपछि महिलाहरुको शरीरको संवेदनशीलतामा पनि परिवर्तन आउँछ । बिवाहपछि महिलाहरु स्पर्शप्रति बढि संवेदनशील हुन थाल्छन् ।

६. बोसो लाग्छबिवाहपछि महिलाहरुको शरीरमा बोसोमा मात्रा बढ्ने गर्दछ । पेट, तिघ्रा, कम्मर तथा पुट्ठामा बोसो जम्मा हुन थाल्छ ।

७. स्वस्थ मुटुबिवाहपछि महिलाहरुको शरीरमा बढ्ने एस्ट्रोजिन हर्मोनले उनीहरुको मुटुलाई पनि सुरक्षित र स्वस्थ राख्दछ ।

८. शरीरको गन्धमा परिवर्तनबिवाहपछि महिलाहरुको शरीरमा एस्ट्रोजिन हर्मोनको उत्पादन बढ्न जान्छ । जसको कारणले महिलाहरुको शरीरको गन्ध गाढा हुन्छ ।

९. सक्रिय र स्वस्थ मस्तिष्कशरीरमा हर्मोनहरुको सक्रियता र उत्पादनमा पनि बृद्धि हुने तथा तनाव कम हुने हुँदा त्यसले महिलाहरुको मस्तिष्कलाई पनि सक्रिय र स्वस्थ राख्दछ ।

१०. महिनावारी प्रकृयामा परिवर्तनबिवाहपछि महिलाहरुको महिनावारी चक्रमा त कुनै परिवर्तन आउँदैन तर हर्मोनको उतावचढावका कारण महिनावारी ढिलो चाढो हुने गर्दछ ।

-दैनिक नेपालबाट

Add Comment